धादिङ । रुबिभ्याली गाउँपालिका वडा नं. ५ लापा ठुलो गाउँमा १२ दिने हात्ते बुनाई सिप विकास तालिम सञ्चालन हुने भएको छ। श्री लापा कुकु सामुदायिक सिकाइ केन्द्रको आयोजनामा हुन लागेको उक्त तालिममा महिलाहरूलाई झोला, मोजा, पन्जा, स्विटर लगायत आधारभूत कपडा बुन्ने सीप प्रदान गरिनेछ।
तालिममा २५ जना महिलाहरूलाई सहभागी गराइने आयोजकले जनाएको छ। SEE र कक्षा १२ को परीक्षा दिएर बसेकाहरूलाई विशेष प्राथमिकता दिइने बताइएको छ।
तालिममा सहभागी हुन चाहने महिलाहरूले नागरिकताको फोटोकोपी र दुई वटा फोटोसहित २०८२ साल जेठ २३ गतेभित्र सम्पर्क गर्नु पर्नेछ।
सम्पर्कका लागि 9765944281 र 9843180829 नम्बर राखिएको छ। सामुदायिक स्तरमै सिप विकासमार्फत महिलाहरूको आत्मनिर्भरता बढाउने उद्देश्यले तालिम सञ्चालन गर्न लागिएको आयोजकले जानकारी दिएको छ।