धादिङ । धादिङ जिल्लाको छात्रा कबड्डी टोलीले चरिकोट, दोलखामा जारी १५ औं बागमती प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा स्वर्ण पदक जितेको छ।
आज बिहान सम्पन्न फाइनल खेलमा धादिङले काठमाडौँलाई ४९–२३ को फराकिलो अन्तरले पराजित गर्दै स्वर्ण पदक जितेको हो। प्रतियोगितामा धादिङको यो दोस्रो स्वर्ण पदक हो।
यसअघि आइतबार एथलेटिक्स अन्तर्गत जेवलिन थ्रो स्पर्धामा सिर्जना श्रेष्ठले स्वर्ण जितेकी थिइन्।
धादिङ जिल्ला खेलकुद विकास समिति अध्यक्ष प्रताप सिंह तामाङले बागमती कलमसँग कुराकानी गर्दै अहिलेसम्म धादिङले २ स्वर्ण, ४ रजत र ७ कास्य पदक जितेको जानकारी दिनुभयो।
पदक विजेता खेलाडीहरू
स्वर्ण पदक जित्नेमा छात्रा कबड्डी टोली र जेवलिन थ्रोमा सिर्जना श्रेष्ठ रहेकी छन्।
रजत पदक विजेता:
मानबहादुर दर्लामी (जेवलिन थ्रो)
सुजन रावल (दौड)
शर्मिला तामाङ (दौड)
कविता तामाङ (तेक्वान्दो)
कास्य पदक विजेता:
रितिक फुजेल (तेक्वान्दो)
आशिष गुरुङ (तेक्वान्दो)
सुमिना बिश्वकर्मा (तेक्वान्दो)
सम्राट थापा (उसु)
सृष्टि कार्की (उसु)
दिलिप भुजेल (उसु)
प्रकृति तामाङ (कराँते)
धादिङले प्रतियोगितामा उत्कृष्ठ प्रदर्शन गर्दै पदक तालिकामा उल्लेखनीय स्थान बनाइरहेको छ।
प्रतियोगिता अझै जारी
धादिङको छात्र कबड्डी टोलीले पनि स्वर्णका लागि भक्तपुरसँग केहीबेरमा प्रतिस्पर्धा गर्ने कार्यक्रम रहेको जिल्ला खेलकुद विकास समितिले जानकारी दिएको छ।