आज देखि अनिश्चितकालीन यातायात बन्द, गण्डकी प्रदेशले ल्याएको नयाँ नियमको बिरोधमा

CREATOR: gd-jpeg v1.0 (using IJG JPEG v62), quality = 90

काठमाडौ । सार्वजनिक यातायात व्यवसायीहरुले आजदेखि अनिश्चितकालीन यातायात बन्द सुरु गरेका छन्। सार्वजनिक यातायात बचाउ केन्द्रीय संघर्ष समितिले गण्डकी प्रदेश सरकारले ल्याएको नयाँ नियमावलीको विरोधमा आन्दोलन थालेको हो।

संघर्ष समितिका अनुसार गण्डकी प्रदेश सरकारले राइड सेयरिङको नाममा १० वर्ष पुराना मोटरसाइकल र १५ वर्ष पुराना कारलाई भाडा सवारीसरह सञ्चालन गर्न दिने निर्णय गरेपछि देशभरका सवारी साधन ग्यारेजमै थन्क्याएर आन्दोलनमा उत्रिएको छ।

समितिले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि सरकार पक्षबाट कुनै सुनुवाइ नभएको गुनासो छ।

संघर्ष समितिले सात बुँदे माग राख्दै उक्त नियमावली तत्काल खारेज गर्न माग गरेको छ।

यातायात बन्दले देशभर यात्रुहरु मारमा परेका छन् भने लामो तथा छोटो दूरीका सवारीसाधन ठप्प भएका छन्।