धादिङ । न्यु किबो बोर्डिङ स्कूलमा सम्पन्न विद्यालयस्तरीय निर्वाचन २०८२ को नतिजा आज सार्वजनिक गरिएको छ। गत शुक्रबार सम्पन्न भएको मतदानमा जम्मा ४८३ मत खसेकोमा ४ मत बदर भई ४७९ मत सदर भएको विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक अनुप भट्टले जानकारी दिनुभयो।
विद्यालय (School Captain) पदमा कक्षा ९ का अभि भट्ट १४८ मतसहित विजयी हुनुभयो। उहाँले रातो सदनबाट उम्मेदवारी दिनुभएको थियो। उहाँका प्रतिस्पर्धीहरू हरियो सदनका विश्वास अधिकारीले १४० मत, निलो सदनका राजिव कोइरालाले १०७ मत र पहेलो सदनका कुशल सापकोटाले ८८ मत प्राप्त गरेका थिए।
त्यसैगरी, (School Vice-Captain) पदमा कक्षा ८ का जेनिक राना मगर २२१ मतसहित विजयी हुनुभयो। उहाँले पहेलो सदनबाट उम्मेदवारी दिनुभएको थियो। अन्य प्रतिस्पर्धीहरू निलो सदनका निरज रिजालले १३३ मत, हरियो सदनका मनिश श्रेष्ठले ६९ मत र रातो सदनका अनुराज श्रेष्ठले ५६ मत प्राप्त गरे।
सदन नेतृत्वतर्फ रातो सदनको (Red House Captain) मा कक्षा ९ का आक्रीश बिक ७६ मतसहित विजयी हुनुभयो भने (Red House Vice-Captain) मा कक्षा ७ का वैभव अधिकारी ५७ मतसहित निर्वाचित भए।
हरियो सदनतर्फ (Green House Captain) मा कक्षा ९ का समिपा अधिकारी ३६ मतसहित विजयी हुनुभयो। (Green House Vice-Captain) मा कक्षा ७ का लोमस तामाङले ६० मत ल्याउँदै जित हासिल गरे।
त्यस्तै, पहेलो सदनतर्फ (Yellow House Captain) मा कक्षा ८ का आडिट सेन्चुरी ४० मतसहित विजयी हुनुभयो भने (Yellow House Vice-Captain) मा कक्षा ७ का अभिमन्यु कंडेल ३४ मतसहित विजयी भए।
निलो सदनतर्फ (Blue House Captain) मा कक्षा ८ का असिम बानिया ४१ मतसहित निर्वाचित हुनुभयो भने (Blue House Vice-Captain) मा कक्षा ७ की शृष्टी घले ४७ मतसहित विजयी भइन्।
विद्यालयका प्रिन्सिपल प्रयास रेग्मीले विद्यालयले विद्यार्थीहरूलाई सैद्धान्तिक मात्र नभई व्यवहारिक, जीवन उपयोगी र प्रयोगात्मक शिक्षा प्रदान गर्दै आएको बताउनुभयो।