धादिङ । अखिल नेपाल खेलकुद महासंघ धादिङ शाखाको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनले नयाँ कार्यसमिति चयन गर्दै अध्यक्षमा प्रतापसिंह तामाङलाई जिम्मेवारी दिएको छ।
नवगठित समितिमा उपाध्यक्षमा विदुर अर्याल र दीपक तामाङ, सचिवमा ओम लामा, सहसचिवमा पृथ्वी कटुवाल र रोहित श्रेष्ठ निर्वाचित भएका छन्।
अधिवेशनमा महासंघका केन्द्रीय महासचिव अञ्जन धमला प्रमुख अतिथि थिए। कार्यक्रममा माओवादी केन्द्र धादिङका इन्चार्ज पुष्पविक्रम मल्ल, पूर्व मुख्यमन्त्री शालिकराम जम्कट्टेल, जिल्ला संयोजक मनराज भण्डारी, तथा महासंघका केन्द्रीय सचिव गोविन्द घिमिरेलगायतको उपस्थिति रहेको थियो।
कार्यक्रमले स्थानीय स्तरमा खेलकुद गतिविधि विस्तार र युवाहरूलाई खेलतर्फ आकर्षित गर्ने विषयमा पनि छलफल गरिएको छ।