किन्ताङफेदी बेलीबृज निर्माणको लागि रसुवा देखि ल्याइयो सामाग्री: अध्यक्ष रण बहादुरको विशेष पहल

धादिङ । खनियाबास गा.पा. ४ र नेत्रावती डबजोङ गा.पा. १ जोड्ने बहुप्रतिक्षित किन्ताङफेदी बेलीबृज निर्माणको लागि रसुवा जिल्लाको उत्तरगया गाउँपालिका-५, सिउरेपानीमा रहेको बेलीबृजको पाटपुर्जाहरु किन्ताङफेदी ल्याइएको छ । साथै अबको केही हप्ताभित्र नेपाली सेनाद्वारा जडान कार्य समेत सम्पन्न हुने गाउँपालिका स्रोतले जनाएको छ ।

उक्त बेलिबृज निर्माण कार्य सफल बनाउन लागि दिन-रात नभनि अहोरात्र खनियाबास गाउँपालिका अध्यक्ष रणबहादुर तामाङ लागि पर्नु भएको छ । त्यस्तै सांसद रामनाथ अधिकारी पुर्व मन्त्री दिल पाख्रीन समेत लागि पर्नु भएको छ ।

यो पुल निर्माण भए संगै खनियाबास, रुबीभ्याली र गंगाजमुना गाउँपालिकाहरुका स्थानीयलाई १२ महिनै आवतजावत गर्न निकै सहज हुने र बर्खाको समयमा समेत यातायात संचालनको निम्ति सहज हुनेछ ।