लायन्स क्लब अफ काठमाण्डौं सूर्यमुखीको अध्यक्षमा बिक्रम विश्वकर्मा चयन

धादिङ । लायन्स क्लब अफ काठमाण्डौं सूर्यमुखीले लायन वर्ष २०२५–२६ का लागि नयाँ नेतृत्व चयन गरेको छ। धादिङबेसीस्थित एक कार्यक्रममा क्लबको अध्यक्षमा विक्रम विश्वकर्मा चयन भएका छन्।

क्लबको संस्थापक अध्यक्ष कविता ईटनी उप्रेतीको प्रमुख आतिथ्य र नेपाल पत्रकार महासंघ धादिङका अध्यक्ष सिताराम अधिकारीको विशिष्ट आतिथ्यमा सम्पन्न निर्वाचनबाट प्रथम उपाध्यक्षमा राजाराम रिजाल, द्वितीय उपाध्यक्षमा डा. दिनेश रेग्मी, सचिवमा तारा रिजाल, सहसचिवमा मन्दिरा आचार्य, कोषाध्यक्षमा सुदर्शन गोम्जा लगायत १५ सदस्य चयन गरिएका छन्।

कार्यक्रममा सचिव तारा रिजालले विगत वर्षका गतिविधिबारे जानकारी दिँदै स्वास्थ्य शिविर, रक्तदान, वृक्षारोपण, न्यानो कपडा वितरण लगायतका सामाजिक सेवा कार्यक्रम सञ्चालन गरिएको उल्लेख गरिन्।

नयाँ अध्यक्ष विक्रम विश्वकर्मा लामो समयदेखि सामाजिक गतिविधिमा सक्रिय व्यक्तित्व हुन्। रेडक्रसमा विभिन्न जिम्मेवारी सम्हालेका उनी हाल धादिङ अस्पतालमा समेत कार्यरत छन्।