गज घलेको उपचारका लागि आर्थिक सहयोग जुट्दै : थप सहयोगको अपिल

धादिङ । हाल वीर अस्पताल, काठमाडौंमा उपचाररत रुवीभ्याली गाउँपालिका–५ स्थायी घर भई नीलकण्ठ नगरपालिका–१२, आप्सरामा बसोबास गर्दै आएका गज घलेको उपचारका लागि विभिन्न संघ–संस्था तथा व्यक्तिहरूबाट आर्थिक सहयोग जुटिरहेको छ।

पछिल्लो समय उपचार खर्च अपुग भएपछि परिवार र आफन्तजनले आर्थिक सहयोगका लागि अपिल गरेका थिए। सोही क्रममा निम्न दाताहरूले सहयोग उपलब्ध गराएका छन्:

सहयोग गर्ने सहयोगीहरूको नामावली :

१. विनिता लामा, घ्युब्राङ (हाल दुबई) — रु. ५,०००
२. प्रेम तामाङ, घ्युब्राङ (हाल बाग्लुङ) — रु. १,५००
३. जीवन मार्ग मण्डली पास्टर कमल तामाङ — रु. २,५००
४. करिमान तामाङ (सेर्तुङ) — रु. १,०००
५. रामचन्द्र घले (चपाङचेत) — रु. २,५००
६. रामहरी रिजाल (धादिङ) — रु. २००

बिरामीको श्रीमतीलाई प्रत्यक्ष भेटेर सहयोग गर्ने दाताहरू :

७. गंगा बहादुर तामाङ (हाल सामाखुसी) — रु. ४,०००
८. मान बहादुर तामाङ — रु. २,०००
९. दावा तामाङ (हाल काठमाडौं) — रु. १,०००

जम्मा आर्थिक सहयोग : रु. १९,७००।

सहयोग गर्नुहुने सम्पूर्ण मनकारी दाताहरूलाई गज घलेको परिवारले हार्दिक आभार प्रकट गरेका छन्।

अहिले पनि उपचार खर्च अपुग भएकाले थप सहयोग आवश्यक रहेकोले इच्छुक महानुभावहरूले तल उल्लेखित सम्पर्क नम्बर वा बैंक खातामा रकम पठाउन सकिने जानकारी गराइएको छ।

सहयोगका लागि सम्पर्क :

श्रीमती बम माया घले — ९७४२५३१८९९
माया घले — ९७६१६१३६०८

खाता विवरण :

नाम : माया घले
बैंक : सिद्धार्थ बैंक
खाता नम्बर : ५५५०३०५८२०७

सहयोगी मनहरूबाट निरन्तर साथ र सहयोगको अपेक्षा गरिएको छ।