धादिङ। रुबीभ्याली गाउँपालिका–५ लापा गाउँका सुरमन दुधराज गम्भीर बिरामी परेका छन्। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको छ। हाल उनी आईसीयू मोनिटरमा राखेर उपचार भइरहेको छ।
उपचारमा लाग्ने खर्च व्यवस्थापन गर्न हाल मलेसियामा कार्यरत लापा बासी तथा नेपालका विभिन्न स्थानका मनकारी व्यक्तिहरूबाट रु. ३३,०५६ आर्थिक सहयोग जुटाइएको छ। उक्त रकम मंगलबार नेपाल पठाइएको र आजभोलि नै बिरामीलाई हस्तान्तरण गर्ने तयारी रहेको धिराज तामाङले होराईजन खबरलाई जानकारी दिनु भयो ।
चिकित्सकको रिपोर्ट अनुसार, दुधराजको फोक्सोमा पानी जमेको छ र पाचन प्रणालीमा समस्या देखिएको छ। सास फेर्न समस्या भएपछि आकस्मिक अवस्था सिर्जना भई थप उपचार आवश्यक परेको परिवारजनले बताएका छन्। तर, कमजोर आर्थिक अवस्थाका कारण उपचार खर्च जुटाउन कठिनाइ भएकोले थप सहयोगको अपेक्षा गरिएको छ।
सहयोग गर्न चाहनेहरूका लागि सम्पर्क:
दावा तामाङ : ९८६९१०५९५९
सुदिप तामाङ : ९८६२११६२३९
मरियम दुधराज : ९८४०५७०४७५
बिरामीकी श्रीमती : ९८६६४२२१८२९
सहयोग रकम कुमारी बैंक, खाता नं.: 1460097954800001, दावा तामाङ नाममा पठाउन सकिने व्यवस्था गरिएको छ।
मनकारी सहयोगीहरूबाट प्राप्त रकमले सुरमन दुधराजको जीवन रक्षामा महत्त्वपूर्ण भूमिका खेल्नेमा परिवार र सहयोगी समूहले विश्वास लिएका छन्।