काठमाडौं मखनटोलमा ग्यास लिक भएर आगलागी, एक महिलाको मृत्यु

काठमाडौं । काठमाडौं महानगरपालिका–२४ मखनटोलमा ग्यास लिक भएर भीषण आगलागी हुँदा एक महिलाको मृत्यु भएको छ।
दयाराम श्रेष्ठको चारतले घरमा ग्यास चुहावट भएपछि आगो लागेको हो। आगलागीका कारण छिमेकी रुकेश श्रेष्ठको पाँचतले घरमा समेत आगो सल्किएको जनाइएको छ।
प्रहरीका अनुसार मृतक महिलाको सनाखत हुन बाँकी छ भने घटनास्थलमा आगो नियन्त्रण गर्ने प्रयास जारी छ।