रुवीभ्याली ५ चपङचेतका गज घले गम्भीर बिरामी, आर्थिक सहयोगको अपिल

धादिङ । रुवीभ्याली-५ स्थायी ठेगाना भई हाल नीलकण्ठ-१२ आपसारा बसोबास गर्दै आउनुभएका गज घलेको केही समयअघि कानको पछाडि घाउ आएको थियो। सो घाउका कारण मुखतिरको नसामा असर परेर मुख खोल्न गाह्रो भएको र पुनः अपरेसन गर्नु पर्ने अवस्था आएको छ। हाल उहाँ वीर अस्पताल, काठमाडौंमा उपचाररत हुनुहुन्छ।

यसअघि गरिएको अल्सरको अपरेसनमा करिब ५/६ लाख रुपैयाँ खर्च भइसकेको छ। अहिले थप अपरेसन र उपचार खर्च जुटाउन आर्थिक अभाव भएकाले उहाँका परिवारले सबै मनकारी महानुभावहरूमा सहयोगको हार्दिक अपिल गर्नुभएको छ।

सहयोग गर्न चाहनुहुने महानुभावहरूले तलका सम्पर्क नम्बरहरूमा सम्पर्क गरेर वा बैंक खातामा रकम पठाइदिन सक्नुहुन्छ।

सम्पर्क नम्बर:
श्रीमती बम माया घले — 9742531899
माया घले — 9761613608

रकम पठाउने खाता विवरण:
नाम: माया घले
बैंक: सिद्धार्थ बैंक
खाता नम्बर: 55503058207