सुरमन दुधराजको उपचारका लागि संकलित रकम हस्तान्तरण: थप सहयोगको लागि अपिल

धादिङ । रुबीभ्याली गाउँपालिका–५ लापा गाउँका सुरमन दुधराज गम्भीर बिरामी परेका छन्। स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि उनलाई काठमाडौंस्थित त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको छ। हाल उनी आईसीयू मोनिटरमा राखेर उपचार भइरहेको छ।

उपचारमा सहयोग जुटाउन रुबीभ्याली ५ निवासी र हाल काठमाडौंमा बसोबास गर्दै आएका दावा तामाङको नेतृत्वमा ६७,९९१ रुपैयाँ संकलन गरिएको छ। उक्त रकम बिहीबार बिरामी र परिवारलाई हस्तान्तरण गरिएको छ। साथै, थप सहयोग जुटाउन देशविदेशमा रहेका दाजुभाइ, दिदीबहिनी र सहयोगी मनकारीहरूसँग अपिल गरिएको छ।

चिकित्सकको रिपोर्ट अनुसार, दुधराजको फोक्सोमा पानी जमेको र पाचन प्रणाली कुहिएको छ। सास फेर्न समस्या आएपछि आकस्मिक अवस्था सिर्जना भएको र थप उपचार आवश्यक रहेको परिवारले जनाएको छ। तर, आर्थिक अवस्था कमजोर भएकाले उपचार खर्च व्यवस्थापनमा समस्या आएको छ।

सहयोग गर्न चाहनेका लागि सम्पर्क:
दावा तामाङ – ९८६९१०५९५९
सुदिप तामाङ – ९८६२११६२३९
मरियम दुधराज – ९८४०५७०४७५
बिरामीकी श्रीमती – ९८६६४२२१८२९

सहयोग रकम कुमारी बैंक, खाता नं.: 1460097954800001, दावा तामाङ नाममा पठाउन सकिने व्यवस्था गरिएको छ।

सहयोगी मनहरूबाट प्राप्त रकमले सुरमन दुधराजको जीवन रक्षामा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।