रुबीभ्याली गाउँपालिकाले एकल महिलाहरूका लागि लोकल कुखुरा पालन तालिम सञ्चालन गर्ने

धादिङ, सेर्तुङ । रुबी भ्याली गाउँपालिकाले आर्थिक वर्ष २०८१/८२ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत एकल महिलाहरूलाई लक्षित गर्दै लोकल कुखुरा पालनसम्बन्धी सिप विकास तालिम सञ्चालन गर्ने भएको छ।

गाउँपालिकाको उद्योग तथा उद्यम विकास शाखाबाट प्राप्त जानकारीअनुसार उक्त तालिम सेर्तुङ मा सञ्चालन गरिनेछ। तालिममा सहभागी हुन इच्छुक व्यक्तिहरुले सूचना प्रकाशित भएको मितिले ७ (सात) दिनभित्र आवश्यक कागजातसहित गाउँपालिकामा निवेदन दिनुपर्ने छ। तालिमको मिति पछि जानकारी गराइने जनाइएको छ।

तालिममा सहभागी हुन चाहने एकल महिलाहरूले नागरिकताको प्रतिलिपि संलग्न गरेर आवेदन दिनुपर्नेछ। यो कार्यक्रम एकल महिलाहरूलाई आत्मनिर्भर बनाउने र उनीहरूको आयआर्जनमा टेवा पुर्‍याउने उद्देश्यले सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ।