अन्तर्राष्ट्रिय खबर । साउदी अरेबियाको अल कासिम क्षेत्रमा भीषण बालुवाको आँधी चलेको छ। पुरै शहर धुलोले ढाकिँदा दृश्यता १०० मिटरभन्दा कममा झरेको थियो। आँधी यति तीव्र थियो कि १५०० देखि २००० मिटर उचाइसम्म धुलोको पर्खाल बनेको थियो।
साउदी मौसम विभागले नागरिकहरूलाई सतर्क रहन र सुरक्षा मापदण्ड पालना गर्न सल्लाह दिएको छ। साथै, जाजान, असिर, अल बहा, मक्का, रियाद र अल कासिम क्षेत्रमा भारी वर्षाको चेतावनी पनि जारी गरिएको छ।
बालुवाको आँधी मरुभूमि क्षेत्रमा नियमित देखिने मौसमी घटना हो। गर्मीका कारण न्यून चापीय क्षेत्र बन्नु, तेज हावा चल्नु र सुख्खा जमिनमा बालुवा सजिलै उड्न सक्नु यसका कारण हुन्।
कारक तत्वहरू:
तेज हावा (३०-५० किमि/घण्टा)
जमिनमा ओसको कमी
वन फँडानी, माटोको क्षय र चरन
सबैभन्दा जोखिममा:
मध्य पूर्वका मरुभूमि क्षेत्र र खुला शहरहरू