धादिङमा बजार अनुगमन, म्याद गुज्रेका सामान बरामद

धादिङ । धादिङ जिल्लाको नीलकण्ठ नगरपालिका वडा नम्बर ३ मा आज नियमित बजार अनुगमन कार्यक्रम सम्पन्न भएको छ।

अनुगमन टोलीले होटल, खाजाघर, किराना, फार्मेसी, हार्डवेयर, मासु तथा फलफूल पसल गरी २७ वटा व्यवसायमा स्थलगत अनुगमन गरेको हो। अनुगमनका क्रममा व्यवसाय दर्ता, नविकरण, भ्याट/प्यान दर्ता, सरसफाइ अवस्था र नियमनअनुसारको मापदण्डको अवलोकन गरिएको थियो।

कारबाहीको क्रममा म्याद गुज्रेका १६ हजार ४५५ रुपैयाँ बराबरका वस्तुहरू फेला पारिई तत्काल नष्ट गरिएको अनुगमन टोलीले जानकारी दिएको छ।

उक्त अनुगमन कार्यक्रममा सम्बन्धित सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधि, उपभोक्ता मञ्चका सदस्य र सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो।

अनुगमन टोलीले व्यवसायीलाई कानुनी जानकारी प्रदान गर्दै, उपभोक्ता हक र स्वास्थ्य सुरक्षाका मापदण्डको पालना गर्न आग्रह गरेको छ।