नेपाली सेनामा ३० शिक्षक र २ कर्मचारी करार सेवामा माग

नेपाली सेनाले करार सेवामा ३० जना शिक्षक र २ जना कर्मचारी माग गर्दै दरखास्त आह्वान गरेको छ। सैनिक कल्याणकारी निर्देशनालयले सूचना जारी गर्दै दैनिक ज्यालादारी प्रणालीमा पारिश्रमिक बुझ्ने व्यवस्था गरिएको जनाएको छ।

सैनिक विद्यालयहरू :

सैनिक आवासीय मावि भक्तपुर

विजेश्वरी ज्ञान मन्दिर

सैनिक महाविद्यालय विजेश्वरी

रिपुमर्दिनी सैनिक महाविद्यालय बाँसवारी

स्वेततारा पूर्व प्राथमिक सैनिक विद्यालय छाउनी

सैनिक आवासीय महाविद्यालय बुटवल, पोखरा, महोत्तरी, चितवन

दरखास्त दिने म्याद :
सूचना प्रकाशित भएको मितिले एक साताभित्र।

योग्यता पुगेका इच्छुक नेपाली नागरिकलाई सेनाले दरखास्त दिन आग्रह गरेको छ।