इजरायलमा हुथी समूह द्वारा ब्यालिस्टिक क्षेप्यास्त्र आक्रमण

अन्तर्राष्ट्रिय खबर । यमनमा सक्रिय हुथी समूहले प्रक्षेपण गरेको ब्यालिस्टिक क्षेप्यास्त्र आइतबार बिहान इजरायलको तेल अभिभस्थित बेन गुरियन विमानस्थल नजिक खसेको छ।
घटनामा केही सर्वसाधारण घाइते भएका छन्। क्षेप्यास्त्र विमानस्थल पुग्ने मुख्य सडकमा खसेको बताइएको छ।

आक्रमणपछि सुरक्षालाई उच्च सतर्कता अपनाइएको छ भने करिब एक घण्टा विमानस्थल सञ्चालन रोकिएको थियो। हाल विमानस्थल पुन: सञ्चालनमा आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

पछिल्लो केही हप्तायता इजरायलमाथि हुथी समूहद्वारा गरिएको यो चौथो क्षेप्यास्त्र आक्रमण हो।

इजरायली सुरक्षाकर्मीहरूले आक्रमणको पुष्टि गर्दै परिस्थिति नियन्त्रणमा रहेको जानकारी दिएका छन्।