गोरखा । धार्चे गाउँपालिकाका उपाध्यक्ष तथा गायिका सुनिला गुरुङले देशभक्ति भावना ओतप्रोत गीत ‘बुद्धभूमि’ सार्वजनिक गरेकी छन्।
‘बुद्धभूमि मिचिएला, सगरमाथा थिचिएला’ जस्ता गहिरा र मार्मिक भावनाले सजिएको गीतमा नेपालको राष्ट्रियता र भौगोलिक अखण्डताको सन्देश बोकेको छ। गीतको भिडियो समेत आकर्षक ढंगले निर्माण गरिएको छ।
गोबिन्द एनेकको रेकर्डिङ्ग र श्यामश्वेत रसाइलीको मिक्सिङमा तयार भएको गीतमा सुमन पण्डितको संगीत रहेको छ। भिडियोलाई सुरेश श्रेष्ठले छायांकन गरेका हुन् भने टेकेन्द्र शाहीले सम्पादन गरेका छन्।
प्रकाश भट्टको निर्देशनमा तयार भएको भिडियोमा गायिका सुनिला गुरुङ र गायक कृष्ण के. सि. को स्वर रहेको छ।
देशभक्तिको भावना भरिएको ‘बुद्धभूमि’ गीत गायिका सुनिला गुरुङको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ।