अखिल क्रान्तिकारी धादिङ द्वारा स्ववियु विजेतालाई सम्मान: भित्ते पात्रो विमोचन

धादिङ । अखिल क्रान्तिकारी विद्यार्थी संगठन, धादिङले नव वर्ष २०८२ सालको भित्ते पात्रो विमोचन गर्दै स्ववियु निर्वाचनमा विजयी भएका विद्यार्थी नेताहरूलाई सम्मान गरेको छ।

शनिबार धादिङबेसीमा सम्पन्न कार्यक्रममा अखिल क्रान्तिकारी अध्यक्ष विजय प्रसाद सापकोटा प्रमुख अतिथि थिए भने धादिङ अध्यक्ष श्रीकृष्ण रिजालको अध्यक्षतामा कार्यक्रम आयोजना भएको थियो।

कार्यक्रममा अखिल क्रान्तिकारी बागमती प्रदेश अध्यक्ष अर्जुन पौडेल, नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य शालिकराम जमरकट्टेल, रामबहादुर भण्डारी, बागमती प्रदेश सहसचिव विजय बुर्लाकोटी, नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा, जिल्ला संयोजक मनराज भण्डारी (शैलेस) लगायतको उपस्थिति रहेको थियो।

नेताहरूले विद्यार्थी आन्दोलनलाई बलियो बनाउने, निःशुल्क शिक्षा लागू गर्ने र समाजवादी व्यवस्थाको पक्षमा संघर्ष जारी राख्ने प्रतिबद्धता व्यक्त गरेका थिए।

कार्यक्रममा विभिन्न क्याम्पसका स्ववियु विजेताहरूलाई सम्मानपत्र प्रदान गरिएको छ।