रुवीभ्याली बोराङका सुक ब. तामाङ धादिङबेसिमा मृत फेला

धादिङ । रुवीभ्याली गाउँपालिका–४ बोराङका सुकबहादुर तामाङ धादिङको नीलकण्ठ नगरपालिका–४ रायटार प्लटिङ क्षेत्रमा मृत अवस्थामा फेला परेका छन्।

आँपखोलातर्फ जाने सडकको नालीमा करिब ५० वर्षको तामाङ लडिरहेको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ।

परिवारसहित केही समयदेखि सो क्षेत्रमा बस्दै आएका तामाङको शव भेटिएको ठाउँमा हिजो राति युवाहरुबीच सामान्य विवाद भएको स्थानीयले बताएका छन्।

प्रहरीले घटनास्थल शिल गरेर अनुसन्धान अघि बढाएको छ। मृत्युको कारण खुल्न बाँकी रहेको र शव पोस्टमार्टमका लागि पठाइएको जानकारी प्रहरीले दिएको छ।