काठमाडौ । विद्यालय शिक्षा ऐन जारी गर्न दबाब दिँदै आन्दोलनमा रहेका शिक्षकलाई धम्की नदिन स्थानीय तहलाई नेपाल शिक्षक महासंघले आग्रह गरेको छ। काठमाडौँमा जारी आन्दोलनमा सहभागी शिक्षक, प्रधानाध्यापक र कर्मचारीलाई सरुवा, राजीनामाको दबाब दिने जस्ता क्रियाकलाप भएको जानकारी आएको भन्दै महासंघले विज्ञप्ति निकालेको हो।
महासंघले शिक्षकको आन्दोलन संविधानले दिएको हकअधिकार भएको जनाउँदै आन्दोलनलाई दबाब र धम्की नदिई समस्या समाधानका लागि पहल गर्न सरकार र सम्बन्धित निकायसँग आग्रह गरेको छ।
यस आन्दोलनले विद्यालयको पठनपाठन प्रभावित बनेको छ भने कक्षा १२ को परीक्षा समेत सारिएको छ।