नेकपा माओवादी केन्द्र ज्वालामुखीको नयाँ नेतृत्व चयन, अध्यक्षमा सुब्बा रम्तेल निर्वाचित

धादिङ । ज्वालामुखी गाउँपालिकामा माओवादी केन्द्रले नयाँ पालिका समिति चयन गरेको छ। अध्यक्षको जिम्मेवारी सुब्बा रम्तेललाई दिइएको छ।

पार्टीको हालै सम्पन्न बैठकले रम्तेलको नेतृत्वमा उपाध्यक्ष भरत गिदेल, राजन श्रेष्ठ र सलिना श्रेष्ठ, सचिव राजन सिंखडा, कोषाध्यक्ष रितेश परियार लगायत पदाधिकारी चयन गर्दै संगठनलाई पूर्णता दिएको हो।

यसअघि एक महिना अघि भेला सम्पन्न भए पनि नेतृत्व चयन प्रक्रिया केही समय पछाडि सारिएको थियो। बैठकमा केन्द्रीय सदस्य रामबहादुर भण्डारी प्रमुख अतिथिका रूपमा सहभागी थिए भने जिल्ला संयोजक मनराज भण्डारीको विशेष उपस्थिति रहेको थियो।