धादिङ । त्रिपुरासुन्दरी-७ की सजिना खड्काले त्रिमूर्ती मोबाईल हाउसको लक्की ड्र मार्फत TVS Ntorq स्कुटर जितेकी छन्। २०७८ साल चैत १८ गते मोबाइल खरिद गरेकी सजिनाले एसईई दिएर बसेकी थिइन्, स्कुटर जित्दा निकै खुसी भएको बताइन्।
धादिङबेसी स्थित त्रिमूर्ती मोबाईल हाउसले नयाँ वर्षको अवसरमा उपहार कार्यक्रमको आयोजना गरेको थियो। यस अन्तर्गत एक सयभन्दा बढी सहभागीलाई सुनको औँठी, स्मार्ट वाच, पावर बैंक, एयरपड्स आदि उपहार प्रदान गरियो।
प्रोपाइटर ईश्वर श्रेष्ठका अनुसार हरेक महिना सुनको औँठी दिने चलन छ र आगामी वर्षमा Hero Zoom स्कुटर तथा अन्य उपहार पनि दिने योजना छ। कार्यक्रममा नीलकण्ठ नगरपालिकाका महिला विकास निरीक्षक निर्मला केसी र पत्रकार महासंघ धादिङ अध्यक्ष सिताराम अधिकारीले शुभकामना दिएका थिए।