वेवारिसे अवस्थामा धादिङ बेसिमा फेला परेका बालकलाई आफन्तको जिम्मा लगाईयो

धादिङ । नीलकण्ठ नगरपालिका–३ स्थित बीच बजार क्षेत्रमा वेवारिसे अवस्थामा फेला परेका एक चार वर्षीय बालकलाई आफन्तको जिम्मा लगाइएको छ।

नीलकण्ठ नगरपालिका–४ बसोबास गर्ने आदित्य गुरुङ नामका बालकलाई स्थानीयले शंकास्पद अवस्थामा फेला पारी जिल्ला प्रहरी कार्यालय धादिङमा बुझाएका थिए।

जिल्ला प्रहरी कार्यालय धादिङको अनुसार बालकको पहिचान खुलेपछि उनलाई उनका काका नाता पर्ने २९ वर्षीय धनियाल गुरुङको जिम्मा लगाई सुरक्षित रूपमा पठाइएको हो।

प्रहरीले बालबालिकाको सुरक्षामा सबै नागरिक जिम्मेवार हुनुपर्ने र वेवारिसे अवस्थामा भेटिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन आग्रह गरेको छ।