लापामा मुढा बनाउने तालिम सम्बन्धी सूचना: इच्छुकले १ हप्ता भित्र आवेदन दिन अनुरोध

धादिङ । नमुना अपाङ्गता समाज नेपाल, रुवीभ्याली धादिङले अपाङ्गता भएका व्यक्तिहरूलाई लक्षित गरी “मुढा बनाउने तालिम” आगामी बैशाख ७ गते देखि रुवी भ्याली ५ लापा ठुलो गाउँमा सञ्चालन गर्ने भएको छ ।

तालिमको उदेश्य अपाङ्गता भएका व्यक्तिहरूलाई आत्मनिर्भर बनाउने तथा सशक्तिकरण कार्यक्रम अन्तर्गत व्यवहारिक सीप प्रदान गर्नु रहेको छ ।

सम्पर्क समयसीमा: यो सूचना प्रकाशित भएको मितिले ७ दिनभित्र सम्पर्क गर्नु हुन अनुरोध छ।

प्रथम पटक सूचना प्रकाशित मिति: २०८१/१२/३१
तालिम सुरु हुने मिति: २०८२/०१/०७
स्थान: रुवीभ्याली–५, लापा ठुलो गाउँ

सम्पर्क नम्बर: ९८४३०९६६२२

तपसिलअनुसार आवश्यक कागजातहरू:

१. निवेदन
२. अपाङ्गता परिचयपत्र
३. नागरिकताको प्रमाणपत्र

नोट:
उक्त तालिममा सहभागी हुन इच्छुक अपाङ्गता भएका व्यक्तिहरू वा तिनका अभिभावकहरूले तोकिएको समयभित्र सम्पर्क गरी आवश्यक प्रक्रिया पूरा गर्नु हुन अनुरोध गरिएको छ।