धादिङ । नीलकण्ठ ३ धादिङबेसी बाट ४ वर्षीय बालक सोनाम गुरुङ बेपत्ता भएका छन्। खनियाबास गाउँपालिका–५ स्थायी ठेगाना भइ हाल धादिङबेसीको आर्मी ब्यारेक पछाडि बसोबास गर्दै आएकी बबिना गुरुङका छोरा सोनाम आज दिउँसो करिब ४ बजेको समयमा हराएका हुन्।
प्रत्यक्षदर्शीका अनुसार, बालकलाई नीलकण्ठ क्याम्पसबाट हस्पिटल चोकतर्फ जाँदै गरेको अवस्थामा देखिएको थियो। त्यसपछि उनी सम्पर्कविहीन भएका छन्। बालकको बेपत्ता भए सगै परिवार अत्यन्तै चिन्तित भएका छन ।
बेपत्ता बालकको खोजी कार्यमा सहयोग गर्न परिवारजनले सबैमा अनुरोध गरेका छन्। यदि कसैलाई बालकबारे जानकारी भएमा तल उल्लेखित सम्पर्क नम्बरमा खबर गरिदिन अनुरोध गरिएको छ।
सम्पर्क:
आमा: बबिना गुरुङ – 9861870352
प्रमिल गुरुङ – 9843016602