धादिङ । धादिङ अस्पतालमा पहिलो पटक सञ्चालन गरिएको अति विशिष्ट स्वास्थ्य शिविरमा ४२ जनाले सेवा लिएका छन्।
विशेषज्ञ चिकित्सक नपुगेका विषयहरूमा जिल्लामै सेवा उपलब्ध गराउने उद्देश्यले शिविर सञ्चालन गरिएको अस्पतालका निमित्त निर्देशक डा. गगन अधिकारीले जानकारी दिए।
शिविरमा पेट, आन्द्रा र कलेजो रोग सम्बन्धी २६ जना, वाल रोग सर्जरीमा ७ जना र मस्तिष्क तथा मेरुदण्ड सर्जरी सेवामा ९ जना बिरामीले सेवा लिएका थिए।
स्वास्थ्य जाँच त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका वरिष्ठ ग्यास्ट्रो सर्जन डा. जयन्त शाह, बाल सर्जन डा. दिनेश कोइराला र वीर अस्पतालका न्यूरो सर्जन डा. प्रणव रेग्मीको टोलीले सञ्चालन गरेको हो।