अन्तर्राष्ट्रिय खबर । अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध देशभर ठूलो स्तरमा प्रदर्शन भएको छ। बीबीसी अनुसार, दोस्रो कार्यकाल सम्हालेपछि ट्रम्पविरुद्ध भएको यो पहिलो ठूलो विरोध हो। अमेरिकाका सबै ५० राज्यका करिब १,२०० स्थानमा ‘Hands Off’ नाम दिइएको प्रदर्शन भएको छ, जसको अर्थ ट्रम्पले जनताको मामिलामा हस्तक्षेप गर्नु नहुने भन्ने हो।
प्रदर्शनमा सहभागीहरूले सामाजिक तथा आर्थिक नीतिहरूप्रति असन्तुष्टि जनाएका छन्। ट्रम्पले अन्य देशका सामानमा लगाएको भन्सार शुल्कको विरोधमा लन्डन, पेरिस र बर्लिनजस्ता अन्तर्राष्ट्रिय सहरहरूमा पनि विरोध भएको छ। बोस्टनमा केही प्रदर्शनकारीहरूले विदेशी विद्यार्थीमाथि भएको अध्यागमन छापाको विरोध गरेका छन्।
वासिङ्टन डीसीमा हजारौँ प्रदर्शनकारी भेला भई डेमोक्र्याट सांसदहरूको भाषण सुनेका थिए। भाषणमा ट्रम्प प्रशासनका धनी व्यक्तिहरू, विशेषगरी सल्लाहकार इलोन मस्कको आलोचना गरिएको थियो।