बढ्दो प्रदूषणले स्वास्थ्यमा असर, बालबालिका र वृद्धवृद्धा बढी प्रभावित, कसरी जोगिने?

काठमाडौँमा वायु प्रदूषण काठमाडौँको मनमैँजुबाट बिहीबार बिहान देखिएको वायु प्रदूषणका कारण तुवाँलोले ढाकेको आसपासको क्षेत्र ।पछिल्ला केही दिनमा उपत्यकाको वायु प्रदूषण बढेको छ, जसका कारण आँखा पिरो हुने, खाँटी खसखसाउने जस्ता समस्या देखिएको छ । तस्बिर : हरिराम भेटुवाल/रासस

काठमाडौ । हालैका दिनमा काठमाडौँ उपत्यकामा वायु प्रदूषणको मात्रा उच्च देखिएको छ। हावामा धुलो, धुवाँ र हानिकारक कणको मात्रा बढेसँगै धेरै नागरिकमा आँखा पोल्ने, नाक बन्द हुने, सास फेर्न गाह्रो हुने, खोकी लाग्ने जस्ता समस्या देखिन थालेका छन्।

वायुको गुणस्तर मापन गर्ने ‘एयर क्वालिटी इन्डेक्स (AQI)’ अनुसार उपत्यकाको वायु स्थिति खतरनाक तहमा पुगेको छ। विशेषज्ञहरूका अनुसार यस्तो अवस्थाले विशेष गरी सासप्रश्वास सम्बन्धी समस्या भएका व्यक्तिहरू, बालबालिका, वृद्धवृद्धा तथा दीर्घरोगीहरूलाई बढी असर पुर्‍याउने खतरा हुन्छ।

स्वास्थ्यकर्मीहरूको भनाइमा प्रदूषणको असरबाट बच्नका लागि घरबाहिर निस्कँदा मास्क लगाउने, प्रदूषण बढी हुने समयमा बाहिर ननिस्कने, पर्याप्त पानी पिउने र श्वासप्रश्वासमा समस्या देखिएमा तुरुन्त चिकित्सकको सल्लाह लिनु जरुरी छ।

दीर्घकालीन रूपमा हेर्दा लगातार प्रदूषित वायुमण्डलमा बसिरहनुले दम, मुटु रोग, फोक्सोको समस्या र प्रतिरोधात्मक क्षमतामा समेत असर पार्न सक्छ। त्यसैले वातावरणप्रति सचेत भई व्यक्तिगत सावधानी अपनाउन विज्ञहरूले सुझाव दिएका छन्।