रवि लामिछाने सोमबारसम्म प्रहरी हिरासतमा, छविलालसँगै कारागारमा बस्ने तयारी

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने हाल रुपन्देही जिल्ला प्रहरी कार्यालयको हिरासतमा रहेका छन्। शनिबार र आइतबार सार्वजनिक बिदा भएकाले उनलाई सोमबार अदालतमा पेस गरिनेछ।

प्रहरीका अनुसार, अदालतको आदेशपछि मात्र उनलाई कारागार पठाइनेछ। कारागार स्रोतका अनुसार, रविलाई सोमबारदेखि छविलाल जोशीसँगै एउटै ब्लकमा राख्ने तयारी भइरहेको छ। छविलाल अहिले भैरहवा कारागारको ब्लक नं. २ मा छन् भने सुप्रिम सहकारीका अध्यक्ष ओम गुरुङ ब्लक नं. १ मा रहेका छन्।