धादिङ । धादिङबेसीका ५ वर्षीय बालक स्पर्श श्रेष्ठ जीवन मरणको सङ्घर्षमा छन्। राजकुमार श्रेष्ठ र स्मृति तामाङ श्रेष्ठका छोरा रहेका स्पर्श एक समय खुसी, चञ्चल र प्रतिभाशाली बालक थिए। तर, केही समयअघि उनलाई स्टेज-४ क्यान्सर भएको पुष्टि भएपछि उनको जीवनमा दुखद मोड आएको छ।
हाल, उनको उपचारका लागि अत्यधिक महँगो खर्च आवश्यक पर्ने भएकाले परिवार गम्भीर आर्थिक सङ्कटमा परेको छ। अभिभावकले छोराको जीवन जोगाउन सबै प्रयास गरिरहेका छन्, तर आर्थिक अभावका कारण उपचारमा कठिनाइ भइरहेको छ।
यस्तो अवस्थामा, परिवारले सबै दयालु मनहरूसँग सहयोगको अपिल गरेको छ। सानो सहयोगले पनि बालक स्पर्शको जीवन बचाउन ठूलो मद्दत पुग्नेछ।
सहयोगका लागि सम्पर्क:
📞 9741699263 / 9749498825