धादिङ । रुबीभ्याली गाउँपालिका–५, लापामा इस्टर सन्डे विशेष कार्यक्रम अन्तर्गत खुल्ला पुरुष भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। सामुदायिक लापा इसाई समाजको पहलमा बैशाख ५ देखि ८ गतेसम्म सञ्चालन हुने यस कार्यक्रममा धार्मिक चेतना, सामाजिक सद्भाव, र सामुदायिक एकतालाई प्रवर्द्धन गर्ने उद्देश्य राखिएको छ।
भलिबल प्रतियोगितामा रुबीभ्याली गाउँपालिका भरिका मण्डली टिमहरू सहभागी हुन पाउनेछन्। विजयी टिमहरूले तल उल्लेखित पुरस्कार प्राप्त गर्नेछन् । साथै यस पुरस्कार रकम भित्र बाटै नेपाल सरकारको नियम अनुसार कर कट्टी भै प्राप्त रकम मात्रै बिजयी टिमले प्राप्त गर्नेछन ।
पहिलो स्थान: नगद रु ३०,००० + मेडल + प्रमाणपत्र + ट्रफी
दोस्रो स्थान: नगद रु २०,००० + मेडल + प्रमाणपत्र + ट्रफी
तेस्रो स्थान: नगद रु १०,००० + मेडल + प्रमाणपत्र + ट्रफी
टिम दर्ता:
दर्ता मिति: बैशाख ३ गतेसम्म
दर्ता शुल्क: रु ३,०००
प्रतियोगिता मिति:
बैशाख ५, ६ र फाइनल ७ गते हुनेछ । साथै दर्ता टिम धेरै भएमा खेल ४ गते बाटै हुन सक्ने संस्थाका अध्यक्ष रुपक गुरुङले जानकारी दिनु भयो ।
दर्ता प्रक्रिया:
इच्छुक मण्डली टिमहरूले मोबाइल बैंकिङ वा तल दिइएको QR कोडमार्फत दर्ता शुल्क भुक्तानी गर्न सक्नेछन्। भुक्तानी प्रक्रिया पूरा गरेपछि, टिमले भुक्तानी विवरणको स्क्रिनसट आयोजकलाई पठाउनु अनिवार्य छ। स्क्रिनसट नपठाएसम्म दर्ता प्रक्रिया पूर्ण मानिने छैन, र खेलमा सहभागी हुन अनुमति दिइने छैन। दर्ता तथा भुक्तानीसम्बन्धी कुनै प्रश्न भएमा आयोजकसँग सम्पर्क गर्न सकिन्छ। समयमै दर्ता प्रक्रिया पूरा गरी खेलमा सहभागी बन्नुहोस्!
यस विशेष कार्यक्रमले इस्टर सन्डेको अवसरमा धार्मिक तथा खेलकुद गतिविधिहरूलाई जोड्ने प्रयास गरेको छ । यो विशेष कार्यक्रममा सबैलाई सहभागिताका लागि आह्वान गरिएको छ ।