रुवीभ्याली गाउँपालिकाको पन्च वर्षीय आवधिक योजना निर्माण सम्बन्धि कार्यशाला गोष्ठी सम्पन्न

धादिङ, सेर्तुङ । रुवीभ्याली गाउँपालिकाले आवधिक योजना निर्माण सम्बन्धि योजना तर्जुमा कार्यशाला कार्यक्रम सम्पन्न गरेको छ ।
अगामी आर्थिक वर्ष ०८२/८३ को बजेट तयारीका लागि पालिकाको पन्च वर्षीय आवधिक योजना निर्माण तयार गर्दै योजनाबद्ध, नतिजामूलक, समावेशी र उत्थानशील विकासका लागि स्थानीय तहका गतिविधिलाई निर्दिष्ट लक्ष्य हासिल गर्ने लक्ष्य सहित तयारी गरिएको गाउँपालिका अध्यक्ष रामसिंह तामाङले बताए ।

आर्थिक, सामाजिक, भौतिक पुर्वाधार, वन, वातावरण तथा विपद व्यवस्थापन र सुशासन तथा संस्थागत विकास र यिनका उपक्षेत्रहरु समेतको सुक्ष्म तरिकाले विश्लेषण गरी योजना बनाउने भएकोले यसका आधारमा जनमैत्री कार्यक्रमहरु तयार गरिने गाउँपालिका उपाध्यक्ष फेलामा तामाङले जानकारी दिए ।

कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु लगायत स्थानीय सरोकारवाला प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।