पोखरा । पोखराको पृथ्वीनारायण (पीएन) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज (चैत १०) हुँदैछ। बिहान ८ बजेदेखि अपराह्न ४ बजेसम्म मतदानको समय निर्धारण गरिएको छ।
क्याम्पसमा कुल ९,२७० विद्यार्थी मतदाता रहेका छन्। यसपटक स्ववियुमा विभिन्न ६ विद्यार्थी संगठन र २ स्वतन्त्र उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन्।
अध्यक्ष पदका लागि विभिन्न विद्यार्थी संगठनका उम्मेदवार चुनावी मैदानमा छन्। यसअघि चैत ५ गते निर्वाचन हुने तय भए पनि मतपत्र सम्बन्धी विवादका कारण स्थगित गरिएको थियो। क्याम्पस प्रशासनका अनुसार आज हुने मतदानका लागि आवश्यक सबै तयारी पूरा भएको छ।