त्रिपुरासुन्दरी गाउँपालिकामा सार्वजनिक सेवा अभिमुखीकरण कार्यक्रम सम्पन्न

धादिङ । त्रिपुरासुन्दरी गाउँपालिकाको आयोजनामा जनप्रतिनिधि र कर्मचारीका लागि सार्वजनिक सेवा व्यवस्थापन विषयक अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ। गाउँपालिका अध्यक्ष राजु उप्रेतीको अध्यक्षता तथा प्रमुख जिल्ला अधिकारी सुमन घिमिरेको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको हो।

अभिमुखीकरणमा प्रमुख जिल्ला अधिकारी घिमिरेले सेवा प्रवाहका चुनौती र समाधान, सूचना अधिकृत सुरेश रिजालले सूचना प्रविधि तथा अनलाइन सेवा, प्रमुख प्रशासकीय अधिकृत राजु अधिकारीले सार्वजनिक खरिद प्रक्रिया विषयमा प्रशिक्षण दिएका थिए।

अध्यक्ष उप्रेतीले कर्मचारीहरूले इमान्दारीपूर्वक काम गरे जनप्रतिनिधि सफल हुने बताउँदै, उपाध्यक्ष देवराज धरेलले समन्वयमै सुधार सम्भव हुने उल्लेख गरे। कार्यक्रममा सम्पूर्ण वडा अध्यक्ष तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।

(तस्बिर : नेपाल दृश्य )