सहायक प्रमुख जिल्ला अधिकारी र डिएसपिको टोली रुबीभ्याली भ्रमण तथा अनुगमनमा

धादिङ, सेर्तुङ । सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपाने र प्रहरी नायव उपरीक्षक सुवास ठकुरीको टोलीले रुबी भ्याली गाउँपालिका भ्रमणसहित अनुगमन गरेका छन ।
गाउँपालिका अध्यक्ष रामसिंह तामाङद्वारा स्वागत गर्दै पालिकाको गतिविधि र अवस्था बारे विस्तृत जानकारी दिएका थिए ।
यस्तै सहायक प्रमुख जिल्ला अधिकारी मोहन प्रसाद न्यौपानेले रुबी भ्याली प्राकृतिक स्रोतको धनी हुनुका साथै सांस्कृतिक, धार्मिक र पर्यटन क्षेत्रमा पनि उत्तिकै संभावना बोकेको पालिकालाई जिल्ला प्रशासन कार्यालयबाट गरिने कुनैपनि सहयोग गर्न तयार रहेको बताए ।


त्यस्तै प्रहरी नायव उपरीक्षक सुवास ठकुरीले नेपाल प्रहरीले समुदायमा खेल्नुपर्ने भुमिका र सुरक्षाको प्रत्याभूति गर्न अग्रसर रहेको बताउँदै चाँडैनै प्रहरी भवन निर्माणको तयारी रहेको बताए ।
त्यस्तै प्रमुख प्रशासकीय अधिकृत नविन कुमार गोलेले पालिकाको प्रशासन र कार्य प्रगति बारे जानकारी गराएका थिए । भ्रमण टोलीले एसइई परिक्षा सन्चालन भएको च्याम्रा मा.वि.मा समेत अनुगमन तथा निरीक्षण गरेका थिए ।