परिक्षार्थीहरुलाई हौसला दिन परिक्षा केन्द्र खनियाबास नै पुगे रुबीभ्यालीका अध्यक्ष तामाङ

धादिङ । रुबी भ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङद्वारा एसइईको परीक्षा दिने विद्यार्थीहरुलाई परीक्षा सेन्टरमै गएर शुभकामना तथा हौसला प्रदान गरेका छन् ।
च्याम्रा देवी मा.वि. सेर्तुङका विद्यार्थीहरुलाई खनियाबास गा.पा. स्थित बच्छला मा.वि. परीक्षा सेन्टरमा पुगि बिधार्थीहरुको रेखदेख तथा व्यवस्थापन बारे विद्यार्थीहरुसंग भलाकुसारी गरेका छन् ।
व्यवस्थापनका लागि विव्यस अध्यक्ष राजु पाख्रिन र खनियाबास गाउँपालिकाका उपाध्यक्ष सेक्केमान तामाङसंग भेट गरेका छन् ।
रुबी भ्याली गाउँपालिका भित्रका अन्य माध्यमिक विद्यालयका विद्यार्थीले च्याम्रा मा.वि.मा नै परीक्षा दिएका छन् ।