धादिङ । रुबी भ्याली गाउँपालिकाका अध्यक्ष रामसिंह तामाङले एसईई परीक्षा दिने विद्यार्थीलाई परीक्षा केन्द्रमै पुगेर शुभकामना तथा हौसला प्रदान गरेका छन्।
च्याम्रा देवी मावि, सेर्तुङका विद्यार्थीहरूको परीक्षा व्यवस्थापनबारे बुझ्न उनी खनियाबास गाउँपालिका-२ स्थित बच्छला मावि परीक्षा केन्द्र पुगेका थिए। उनले विद्यार्थीहरूसँग भलाकुसारी गर्दै परीक्षा आत्मविश्वासका साथ दिन प्रेरित गरे।
परीक्षा व्यवस्थापनका विषयमा उनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजु पाख्रिन र खनियाबास गाउँपालिकाका उपाध्यक्ष सेक्केमान तामाङसँग पनि छलफल गरेका छन्।
रुबी भ्याली गाउँपालिका अन्तर्गतका अन्य माध्यमिक विद्यालयका विद्यार्थीहरूले भने च्याम्रा मावि परीक्षा केन्द्रमै परीक्षा दिएका छन्।