काठमाडौ टोखामा नयाँ ‘Foodies Hub’ रेस्टुरेन्ट सञ्चालनमा,  भोलि आइतबार उद्घाटन हुने

काठमाडौं, टोखा – स्वादिष्ट परिकारका पारखीहरूका लागि खुशीको खबर! टोखा रोडमा नयाँ रेस्टुरेन्ट ‘Foodies Hub’ सञ्चालनमा आउँदैछ। रेस्टुरेन्टको भव्य उद्घाटन भोलि चैत्र १० गते आइतबार गरिने भएको छ।

टोखा रोडमा Lard palace Banquet नजिकै अवस्थित Foodies Hub ले ग्राहकहरूलाई स्वादिष्ट नेपाली, भारतीय, तथा पश्चिमी खानाका परिकारहरू उपलब्ध गराउनेछ। यहाँ विशेष रूपमा मो:म, बर्गर, पिज्जा, मासुका परिकार, विभिन्न पेय पदार्थ, कफी, र शिशा हुक्का समेत उपलब्ध रहनेछ।

रेस्टुरेन्टका सञ्चालकका अनुसार यहाँ स्वाद मात्र नभई, स्वच्छ वातावरण, उत्कृष्ट सेवा र आरामदायी अनुभूति समेत प्राथमिकतामा रहनेछ।

ग्राहकहरूको सुविधाका लागि होम डेलिभरी सेवा समेत उपलब्ध गराइने योजना रहेको रेस्टुरेन्ट व्यवस्थापनले जनाएको छ। स्वादिष्ट भोजनको अनुभव लिन इच्छुक ग्राहकहरूले 9765197029 नम्बरमा सम्पर्क गर्न सक्नेछन्।

साथै उद्घाटन समारोहको दिन हरेक खानाको परिकारहरुमा १० प्रतिशत छुत समेत हुने रेस्टुरेन्टका संचालकले जानकारी दिनु भयो ।