अन्तर्राष्ट्रिय खबर । अमेरिकाले यमनको राजधानी साना र उत्तरी प्रान्त सादामा हवाई हमला गरेको छ। अमेरिकाले यो आक्रमण हुथी विद्रोहीहरू विरुद्ध गरेको जनाएको छ। लाल सागरमा रहेका जहाजहरूमा हुथी विद्रोहीले गरेको हमलाको जवाफस्वरूप कारबाही गरिएको अमेरिकी अधिकारीहरूको भनाइ छ।
पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना सामाजिक सञ्जालमार्फत इरान समर्थित हुथी समूहलाई ‘डकैती, हिंसा र आतंकवाद’ फैलाएको आरोप लगाएका छन्। उनका अनुसार, हुथी विद्रोहीहरूले अमेरिकी विमानहरूलाई निशाना बनाएका थिए, जसका कारण कठोर कदम चाल्नुपरेको हो।
हुथी विद्रोहीहरूसँग सम्बन्धित स्वास्थ्य मन्त्रालयले हवाई आक्रमणमा कम्तीमा १५ जनाको मृत्यु र ९ जना घाइते भएको दाबी गरेको छ।
स्थानीय सञ्चारमाध्यमहरूले साना एयरपोर्ट नजिकै सैन्य बेस रहेको क्षेत्रमा विस्फोट भएको जनाएका छन्। सार्वजनिक तस्बिरमा त्यहाँ कालो धुवाँ देखिएको भए पनि यसको आधिकारिक पुष्टि भइसकेको छैन।
गाजामा जारी इजरायल-हमास युद्धसँग सम्बन्धित रूपमा हुथी विद्रोहीहरूले लाल सागर हुँदै गइरहेका जहाजहरूलाई निशाना बनाउँदै आएका छन्। यो घटनाले मध्यपूर्वमा तनाव अझ बढ्न सक्ने अनुमान गरिएको छ।