काठमाडौ । अमेरिकी अन्तरिक्ष कम्पनी स्पेसएक्सको यान आइतबार अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशन (आईएसएस) मा सफलतापूर्वक पुगेको छ। यो यान नौ महिनादेखि आईएसएसमा रहेका दुई अन्तरिक्ष यात्रीलाई उद्धार गर्न पठाइएको थियो।
स्पेसएक्सको ड्र्यागन यानले अन्तरिक्ष स्टेशनमा पुगेर १० यात्रुहरूलाई पुऱ्याएको छ। अन्तरिक्षमा फसेका बुच विल्मोर र सुनी विलियम्सलाई उद्धार गर्न यो अभियान सञ्चालन गरिएको थियो।
बोइङको स्टारलाइनर यानमा समस्या आएपछि यी दुई अन्तरिक्ष यात्री जुन महिनादेखि अन्तरिक्षमा रहनुपरेको थियो। यानको प्रविधिगत गडबडीका कारण उनीहरूको बसाइ लम्बिएको थियो। तर, अब उनीहरू चाँडै पृथ्वी फर्कनेछन्।
यस अभियानले अन्तरिक्ष यात्राको सुरक्षा र विश्वसनीयतामा नयाँ उदाहरण प्रस्तुत गरेको छ।