भोलि देशभरका २९७ क्याम्पसहरुमा स्ववियु निर्वाचन हुदै

काठमाडौं । त्रिभुवन विश्वविद्यालय अन्तर्गतका क्याम्पसहरूमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन मङ्गलबार हुँदैछ। विद्यार्थीहरूको नेतृत्व विकासको अवसरका रूपमा लिइने यो निर्वाचनमा विभिन्न विद्यार्थी संगठनहरू प्रतिस्पर्धामा छन्।

स्ववियु निर्वाचन प्रत्येक दुई वर्षमा हुने भए पनि २०६५ सालपछि नियमित हुन सकेको थिएन। पछिल्लो पटक २०७९ सालमा धेरै क्याम्पसहरूमा निर्वाचन सम्पन्न भए पनि केही स्थानमा हुन सकेको थिएन। यस पटक ४७ आङ्गिक र २५० सम्बन्धन प्राप्त क्याम्पसहरूमा मतदान प्रक्रिया अघि बढाइएको छ।

विद्यार्थी संगठनहरूले स्ववियु निर्वाचनलाई लोकतान्त्रिक प्रक्रियामा सहभागी हुने थलोका रूपमा लिएका छन्। उनीहरूका अनुसार यो निर्वाचनले विद्यार्थीलाई विचार विमर्शको अवसर प्रदान गर्नुका साथै भविष्यका लागि नेतृत्व निर्माणमा सहयोग पुर्‍याउनेछ।

मङ्गलबार बिहान ८ बजेदेखि दिउँसो ४ बजेसम्म मतदान हुने कार्यक्रम तय गरिएको छ।