
काठमाडौं । समाजवादी मोर्चाले पछिल्लो राजनीतिक अवस्थाबारे नागरिक समाज र बुद्धिजीवीहरूसँग छलफल गर्ने भएको छ। आलोकनगरमा बसेको मोर्चाको केन्द्रीय कार्यसमिति बैठकले शनिबार विशेष अन्तरक्रिया आयोजना गर्ने निर्णय गरेको हो।
बैठकले पत्रकारहरूसँग संवाद गर्नुका साथै विभिन्न राजनीतिक दल तथा नेताहरूसँग छलफल अघि बढाउने योजना बनाएको छ। मोर्चाले राष्ट्रिय स्वाधीनता, गणतन्त्रको रक्षा, र समाजवादको मार्गलाई सुदृढ गर्न व्यापक पहल आवश्यक रहेको निष्कर्ष निकालेको छ।
यसबाहेक, बैठकमा चैत १५ गतेको विरोधसभा र जनप्रदर्शनलाई सफल बनाउन रणनीति बनाइएको छ। सहभागी नेताहरूले पछिल्लो राजनीतिक गतिविधिहरूले देशको परिस्थिति पेचिलो बन्दै गएको धारणा व्यक्त गरेका छन्।
मोर्चाको बैठकमा समाजवादी धारका शीर्ष नेताहरू सहभागी भएका थिए।