धादिङ, खहरे । नेत्रावती बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औं स्थापना दिवस विशेष कार्यक्रम सम्पन्न भएको छ। त्रिपुरासुन्दरी गाउँपालिकाका उपाध्यक्ष देवराज धरेलको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमको अध्यक्षता सहकारी संस्थाका अध्यक्ष सुमन धरेलले गर्नु भएको थियो भने कार्यक्रममा गाउँपालिका प्रवक्ता कुश बहादुर सिटौला, वडा अध्यक्ष सुबास अधिकारी लगायतको आतिथ्य रहेको थियो ।
स्थापना दिवसको अवसरमा संस्थाले जेष्ठ नागरिकहरूको सम्मान कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा वक्ताहरूले सहकारी संस्थाको महत्त्व, आर्थिक सशक्तीकरणमा यसको योगदान तथा भविष्यका योजनाहरूको बारेमा चर्चा गरेका थिए।
नेत्रावती बचत तथा ऋण सहकारी संस्था स्थापना भएदेखि नै समुदायको आर्थिक उन्नयनमा महत्वपूर्ण योगदान दिँदै आएको छ। आगामी दिनमा अझ प्रभावकारी सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्दै संस्थाले ग्रामीण भेगका सदस्यहरूलाई थप आर्थिक अवसर प्रदान गर्ने लक्ष्य राखेको छ।