पाकिस्तानको बलोचिस्तान प्रान्तमा मंगलबार एक पृथकतावादी समूहले यात्रुवाहक रेल नियन्त्रणमा लिएर आक्रमण गरेको छ। उक्त घटनामा कैयौं सुरक्षाकर्मी र सर्वसाधारण मारिएका छन् भने सयौं यात्रुहरूलाई बन्दी बनाइएको छ।
स्थानीय अधिकारीहरूका अनुसार क्वेटाबाट पेशावर जाँदै गरेको रेललाई हतियारधारी समूहले विस्फोट गराएर रोकेपछि नियन्त्रणमा लिएको थियो। घटनामा कैयौं यात्रु घाइते भएका छन्।
सुरक्षा बलहरूले उद्धार अभियान सञ्चालन गर्दै करिब १०० भन्दा बढी यात्रुलाई सुरक्षित रूपमा बाहिर निकाल्न सफल भएको जनाइएको छ। सरकारी स्रोतका अनुसार थप उद्धार कार्य जारी छ।
बलोचिस्तान क्षेत्रमा लामो समयदेखि सशस्त्र समूहहरूले आक्रमण गर्दै आएका छन्। यस घटनापछि स्थानीय प्रशासनले सुरक्षा सतर्कता बढाएको छ