होली पर्व सुरक्षित र मर्यादित रूपमा मनाउन जिल्ला प्रहरी कार्यालय धादिङको अनुरोध

धादिङ । होली पर्व २०८० को अवसरमा जिल्ला प्रहरी कार्यालय धादिङले शुभकामना व्यक्त गर्दै नागरिकलाई सभ्य, मर्यादित, तथा सुरक्षित रूपमा पर्व मनाउन आग्रह गरेको छ।

प्रहरीले होली खेल्ने क्रममा अनुशासन कायम राख्न, जबरजस्ती रंग नलगाउन, अपरिचितहरूसँग होली नखेल्न, तथा केमिकलयुक्त रंगको प्रयोगबाट बच्न अनुरोध गरेको छ। साथै, सार्वजनिक स्थानमा होली खेल्दा शान्ति सुव्यवस्था कायम गर्न विशेष ध्यान दिन आग्रह गरिएको छ।

सवारी साधन चलाउँदा ट्राफिक नियमको पालना गर्न, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन, र भिडभाड भएका स्थानमा सावधानी अपनाउन सुझाव दिइएको छ। बालबालिका, महिला, जेष्ठ नागरिक तथा पर्यटकहरूमाथि कुनै दुर्व्यवहार नगर्न विशेष आग्रह गरिएको छ।

यदि कुनै अप्रिय घटना भएमा प्रहरी कन्ट्रोल नम्बर १००, सञ्चार शाखा (०१०–५२०१९९ / ९८५१२८३४८०), तथा महिला, बालबालिका सेवा केन्द्र (१०४ / ९८५१२८३४७७) मा सम्पर्क गर्न सकिनेछ। साथै, जिल्ला प्रहरी कार्यालयको आधिकारिक फेसबुक पेजमार्फत पनि जानकारी लिन सकिने बताइएको छ।

प्रहरीले सबै नागरिकलाई सुरक्षित र मर्यादित रूपमा होली पर्व मनाउन अनुरोध गरेको छ।