धादिङ । नेत्रावती सामुदायिक बहुमुखी क्याम्पस, खहरे, धादिङमा स्वतन्त्र विद्यार्थी यूनियन (स्ववियु) सर्वसम्मत गठन गरिएको छ। अनेरास्ववियु (क्रान्तिकारी), अनेरास्ववियु र नेपाल विद्यार्थी संघ (नेवि संघ) को आपसी सहमतिमा स्ववियु निर्माण गर्ने निर्णय गरिएको हो।
तीन विद्यार्थी संगठनबीचको सहमतिपछि सर्वसम्मत रूपमा स्वतन्त्र विद्यार्थी यूनियन गठन गरिएको छ। उक्त स्ववियु समितिको अध्यक्षमा अभिषेक थपलिया (अनेरास्ववियु क्रान्तिकारी) चयन भएका छन् भने उप–सभापति सुलोचना खड्का (नेवि संघ) बनेकी छन्।
स्ववियु समितिका अन्य पदाधिकारी निम्नानुसार छन्:
सचिव: विनोद गौली (अनेरास्ववियु)
कोषाध्यक्ष: सबिना अधिकारी (अनेरास्ववियु)
सह–सचिव: सरिता गुवाजु (नेवि संघ)
सदस्यहरू:
सबिना ढकाल (अनेरास्ववियु क्रान्तिकारी)
मैना सिटौला (अनेरास्ववियु क्रान्तिकारी)
आकृति सापकोटा (अनेरास्ववियु क्रान्तिकारी)
अनिसा अधिकारी (अनेरास्ववियु)
अस्मिता पाण्डे (अनेरास्ववियु)
खिल कुमारी इटनी (नेवि संघ)
नवगठित स्ववियुले विद्यार्थी अधिकार, शैक्षिक गुणस्तर सुधार, क्याम्पसको भौतिक पूर्वाधार विकास तथा विद्यार्थीहरूको हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।