यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आगामी ७ चैतदेखि सुरु हुँदैछ। परीक्षामा ५ लाख २२ हजार विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ।
परीक्षा विवरण:
नियमित विद्यार्थी: ४ लाख ६८ हजार
ग्रेड वृद्धि (२०८०): ५० हजार
ग्रेड वृद्धि (२०७८–०७९): ४ हजार
यस वर्ष २,१३१ परीक्षा केन्द्र तोकिएको छ, जसमा आवश्यकताअनुसार केही फेरबदल हुनसक्ने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ।
विद्यार्थीले भरेका फारमका आधारमा प्रश्नपत्र छपाइको काम जनक शिक्षा सामग्री केन्द्रमा जारी छ। परीक्षा सुचारु गर्न आवश्यक तयारीहरू भइरहेको परीक्षा नियन्त्रण कार्यालयले जानकारी दिएको छ।