रोमानियामा रहेका नेपालीहरूका लागि नेपाली दूतावास, बर्लिनको समन्वयमा राहदानी घुम्ती सेवा सञ्चालन हुने भएको छ। दूतावासका अनुसार, चैत १३ देखि १८ (मार्च २६-३१) सम्म बुखारेस्टमा शिविर सञ्चालन हुनेछ।
आवश्यक कागजात
राहदानी नविकरण वा अन्य सेवाका लागि निम्न कागजात अनिवार्य छन्:
नेपाली नागरिकताको सक्कल प्रमाणपत्र र प्रतिलिपि
सक्कल राहदानी र प्रतिलिपि
नाबालकका लागि: नाबालक परिचयपत्र, बाबु-आमाको नागरिकता प्रतिलिपि
राहदानी विभागको वेबसाइटमा भरिएको अनलाइन फारम (बारकोडसहितको प्रिन्ट)
राहदानी दस्तुर
साधारण राहदानी (३४ पेज): €120
नाबालक (१० वर्षमुनि): €110 (राहदानी शुल्क €60 + जन्मदर्ता शुल्क €50)
हराएको वा बिग्रिएको राहदानी: €180
भुक्तानी प्रक्रिया
दस्तुर दूतावासको बैंक खातामा मार्च १८ भित्र अनिवार्य रूपमा जम्मा गर्नुपर्ने छ। बैंक ट्रान्सफर गर्दा लाग्ने शुल्क सेवाग्राहीले नै बेहोर्नुपर्नेछ।
अप्वाइन्टमेन्ट समय
राहदानी आवेदनका लागि अनलाइन अप्वाइन्टमेन्ट मार्च ८, ९, १५ र १६ मा मात्र उपलब्ध हुनेछ।
दूतावासले फारम भर्न नसक्ने सेवाग्राहीलाई स्वयंसेवी रूपमा सहयोग गर्न आग्रह गरेको छ। साथै, राहदानी प्रक्रियामा अनुचित शुल्क असुलेमा कानुनी कारबाही हुने चेतावनी पनि दिएको छ।