अमेरिकाले नेपाललाई प्रदान गर्ने ५ अर्बभन्दा बढी सहयोग खारेज

काठमाडौं – अमेरिकाले संघीयता सुदृढीकरण र जैविक विविधता संरक्षणका लागि नेपाललाई प्रदान गर्ने करिब ५ अर्ब ३९ करोड रुपैयाँ (४ करोड ७० लाख अमेरिकी डलर) अनुदान सहायता खारेज गरेको छ।

सरकारी दक्षता विभागको निर्णयअनुसार वित्तीय संघीयता शीर्षकमा छुट्याइएको २ अर्ब ७६ करोड रुपैयाँ (२ करोड अमेरिकी डलर) र जैविक विविधता संरक्षणका लागि २ अर्ब ६२ करोड रुपैयाँ (१ करोड ९० लाख अमेरिकी डलर) सहायता रोकिएको हो।

नेपाल मात्रै होइन, भारत, बंगलादेश, कम्बोडिया, सर्बिया, इजिप्ट लगायतका विभिन्न देशमा छुट्याइएको सहायता पनि खारेज गरिएको छ। अमेरिकी करदाताको पैसा विभिन्न १५ परियोजनामा खर्च गर्ने योजना रहेकोमा हाल उक्त कार्यक्रम बन्द गरिएको बताइएको छ।

यसअघि, अमेरिकाले युएसएआईडीमार्फत प्रदान गरिँदै आएको सहयोग पनि रोकिएको थियो। नेपाल सरकारले जैविक विविधता संरक्षणका लागि वैकल्पिक अन्तर्राष्ट्रिय स्रोत खोज्ने प्रयास गरिरहेको बताइएको छ।